अब पाँच हजार भन्दा धेरै डलर सटही गर्न ‘प्यान’ अनिवार्य |
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच हजार भन्दा धेरै अमेरिकी डलर सटहि सुबिधा लिन अनिवार्य रूपमा प्यान नम्बर चाहिने व्यवस्था गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ संशोधन सहितको दफा १२ ले दिएको अधिकार प्रयोग गरि आफ्नो एकीकृत परिपत्र २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अब शिक्षा, आप्रवाशन र स्वास्थ्य प्रयोजनका लागि ५ हजार अमेरिकी डलरभन्दा बढी रकम सटही गर्दा अनिवार्य रुपमा प्यान लिनुपर्ने छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा लिँदा सटही सुविधा माग गर्ने वा निजको एकाघर परिवारका सदस्यहरुमध्ये आमा वा बुवा कुनै एक जनाको प्यान पेस गरेमा मात्र परिवत्र्य विदेशी मुद्रा सटही दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको छ ।
राष्ट्र बैंकले ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेन्ट, होटललगायतका संस्थाहरुले विदेशबाट ‘रिप्याट्रियसन’ लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र अनिवार्य रुपमा ल्याइसक्नु पर्ने र सो विवरण त्रैमासक सकिएको १५ दिनभित्र राष्ट्र बैंकमा अनिवार्य पेश गर्न पनि निर्देशिकामा भनिएको छ ।