एभरेष्ट बैंकको नाफा एक अर्ब ४२ करोड रुपैयाँ |
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्ष २०७५⁄०७६ को ६ महिनाको अवधिमा एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा १६ प्रतिशतले नाफा सुधार गरेको हो । नियामकीय समायोजन पछिको नाफा भने ६.६७ प्रतिशतले मात्रै बृद्धि भएको देखिन्छ ।
बैंकको व्याज आम्दानी ३१ प्रतिशतले सुधार हुँदा व्याज खर्च भने ४८ प्रतिशतले बढेको छ । यसको प्रभाव बैंकको खुद व्याज आम्दानीमा देखिएको छ । गत बर्षको भन्दा १५ प्रतिशतले मात्रै खुद व्याज आम्दानीमा सुधार आउँदा यस्तो आम्दानी दुई अर्ब ६७ करोड रुपैंयाँ भएको हो ।
बैंकले निक्षेप संकलन १५ प्रतिशले बढाएको छ भने ऋण लागनी विस्तार २३.०५ प्रतिशले बढाएको छ । छ महिनाको अवधिमा एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड रुपैयाँ छ भने जगेडा कोष थप १२.३२ प्रतिशतले बढेर ७ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ ।
कर्जा विस्तार २३ प्रतिशतले विस्तार भएसँगै पूँजी कोष अनुपात ३.११ प्रतिशत विन्दुले घटेको छ । बैंकको खराव कर्जा थप ०.०६ प्रतिशतले सुधार भई ०.१९ प्रतिशतमा झरेको छ । आधार व्याजदर ०.३८ प्रतिशत विन्दुले बृद्धि भएर ८.२२ प्रतिशत कायम भएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर ४.३८ मा झारेको छ । प्रति शेयर आम्दानी ३५ रुपैयाँ छ ।