एक्यानले काठमाडौंमा सीए सम्मेलन गर्ने |
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) ले चार्टर्ड एकाउन्टेन्ट सम्मेलन गर्ने भएको छ । संघले माघ ७ गते काठमाडौंमा सीए सम्मेलन गर्न लागेको हो ।
तीन वटा प्राविधिक सत्रसहितको कार्यक्रम तय गरिएको एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्लेले जानकारी दिए । एक्यानले सम्मेलनको नारा ʽचार्टर्ड एकाउन्टेन्टहरु राष्ट्रिय समृद्विका साझेदारʼ दिएको छ ।
एक्यानका अनुसार सीए पार्टनर इन नेशनल प्रोस्पेरिटी, चार्टर्ड एकाउन्टेन्ट इन्डष्ट्री र चार्टर्ड एकाउन्टेन्ट इन प्राक्टिस गरी तीनवटा सत्रमा छलफल हुनेछ ।
चार्टर्ड एकाउन्टेन्ट क्षेत्रको व्यावसायकिता, यस क्षेत्रका संभावना र चुनौतिलगायका विषयमा कार्यक्रममा छलफल हुने एक्यानले जानकारी दिएको छ ।