कर्मचारी सञ्चय कोषको अध्यक्षको जिम्मेवारी पुनː सचिव शिशिरकुमार ढुंगानालाइ |

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगानालाई नै निरन्तरता दिएको छ ।
अर्थ मन्त्रालयमा राजस्व सचिव हुँदा करिब १५ महिना अघि सञ्चय कोषको सञ्चालक समिति अध्यक्ष बनेका ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएपछि पनि बोर्डमा निरन्तरता दिइएको हो ।
ढुंगानालाई पहिलोपटक सञ्चय कोषको अध्यक्ष बनाउँदा राजस्व सचिवका रुपमा जिम्मेवारी तोकिएको थियो । लालशंकर घिमिरे राजस्व सचिव बने पनि सरकारले ढुंगानालाई नै बोर्ड अध्यक्षको जिम्मेवारी दिएको छ ।