वोमी माईक्रोफाइनान्सको नाफा ४१ प्रतिशतले वृद्धि |
काठमाडौं । वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ६२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा ४१ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा मुनाफा १ करोड ८४ लाख रुपैयाँ मात्र रहेको थियो ।
१० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा ७ करोड ५५ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ५० करोड ८३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । कम्पनीले कर्जामा ४२ दशमलव २० प्रशितले वृद्धि गरी १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानीमा ५६ दशमलव ७५ प्रतिशतले वृद्धि गरेर ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ र सञ्चालन मुनाफामा ४१ दशमलव ३७ प्रतिशतले बढेर ४ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५१ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव ८३ गुणा, तरलता अनुपात १६ दशमलव ७१ प्रतिशत, प्रति शेयर नेटवर्थ १ सय ७४ दशमलव ७३ रुपैयाँ रहेको । निष्कृय कर्जा शुन्य दशमलव ७३ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १२ दशमलव ४७ प्रतिशत रहेको छ ।