सिटिजन्स बैंकको क्यास ब्याक योजना सार्वजनिक |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक (नगद फिर्ता) योजना सार्वजनिक गरेको छ ।
बैंकले ल्याएको उक्त योजना अन्तरर्गत भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पोश मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ ।
नगद फिर्ताको सीमा प्रति दिन ५ सय रुपैयाँ र प्रति महिना ३ हाजर रुपैयाँ सम्म सिमित अवधिको लाग लगू गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले ८१ शाखा, ७५ एटीएम तथा ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।