डिशहोमले कूल पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणकालागि निष्कासन गर्दै |

काठमाडौं । डिश मिडिया नेटवर्कले आगामी वर्ष आइपीओ जारी गर्ने भएको छ । ९ औं बार्षिक साधारणसभामा कम्पनीले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्ने निर्णय गरेको हो ।
साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय समेत गरेको जनाएको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।
डिशहोम सर्वसाधारणका लागि शेयर जारी गर्ने पहिलो पे टीभी कम्पनी हुने समेत बिज्ञप्तीमा उल्लेख छ ।
स्याटेलाइट प्रविधिमा आधारित सेवा प्रदायक डिशहोमले बिभिन्न एचडी तथा एसडी प्याकेजहरु प्रदान गर्दै आईरहेको छ ।
डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको र जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने बिज्ञप्तीमा जनाइएको छ ।