सांग्रिला डेभलपमेन्टका अध्यक्ष अच्युत प्रसाईले लिए सपथ |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युतप्रसाद प्रसाई चयन भएका छन्।् । प्रसाईले मंगलबार डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा राष्ट्र बैंक समक्ष शपथ लिनुुपर्ने ब्यवस्था छ ।
सपथ समारोेहमा बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको पनि सहभागिता थियो । बैकले आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमासमा करिब १८ अर्ब ५० करोड निक्षेप संकलन तथा १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरि करिब २९ करोड ५० लाख संचालन मुुनाफा आर्जन गरेको जानकारी दिएको छ ।