सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ |
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंककारुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सो साधारणसभाबाट बैंकको संस्थापक शेयरधनी समूहतर्फको संचालकमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ र कर्मचारी संचयकोषका प्रतिनिधि निर्बिरोध निर्वाचित भएका छन् ।
संचालक समितिको २३९ औं बैठकले बैंकको अध्यक्ष पदमा राजेन्द्र कुमार श्रेष्ठलाई निर्बिरोध चयन गरेको जानकारी दिएको छ । बैंकको साधारणसभाले आगामी आर्थिक वर्षको बार्षिक प्रतिवेदन लगायत बिभिन्न प्रस्तावहरु पारित गरेको छ ।
हाल बैंकले २ अर्बभन्दा बढी निक्षेप संकलन गरी २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको बैंकले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।
बैंकको सिन्धुपाल्चोकको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिंगटी र जलबिरेमा गरी १३ वटा शाखा कार्यालयहरु रहेकका छन् । बैंकको सुकुटे र सिलढुङ्गामा सिमिति बैंकिङ इकाईहरु रहेका छन् ।