काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा स्वचालित बत्ती बल्ने |

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडा झिलिमिलि बनाउने भनेर ८ हजार बती मगाएको छ । ८ हजार बत्ति मध्ये ६ हजार बत्तिको जडान गरिसकेको र अरुको काम तिव्र रुपमा भैरहेकको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले मेयर उज्यालो कार्यक्रम अन्तर्गत इलोक्ट्रोनिक बत्ती जडान गरि रहेको छ ।
इलोक्ट्रोनिक बत्तिको सिस्टम राति भएपछि आफै बल्ने र दिउँसो आफै निभ्ने रहेको छ । यो बत्ति एउटा बराबर ३ देखि ८ हजार मुल्य पर्नेछ । यसको क्षमता ३० देखि ५० वाट सम्मको रहेको छ ।
काठमाडौं महानगरपालिकाले इलोक्ट्रोनिक बत्तिको लागि ५ करोड रुपैया छुट्याएको छ । महानगरपालिका भित्र अहिलेसम्म ६ सय स्थानमा इलेक्ट्रोनिक बत्ति राखिएको महानगरले जनाएको छ । सानो बाटो भएको र मानिसको आवतजावत कम भएको ठाउँमा ३० वाटको र फराकिलो ठाउँ मानिसको आवतजावत धेरै भएको ठाउँमा ५० वाटको राख्ने बताइएको छ ।