हिमालयन बैंकको ५ प्रतिशत बोनस शेयर पारित | विजयबहादुर श्रेष्ठ सञ्चालकमा निर्विरोध निर्वाचित
काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले घोषणा गरेको ५ प्रतिशत बोनस शेयर र १०.७८ प्रतिशत नगद लाभांश पारित भएको छ । बैंकको हालै सम्पन्न २६औं वार्षिक साधारणसभाले गत आवको मुनाफाबाट उक्त मात्रामा लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
उक्त बोनसपश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्नेछ । बैंकले आ.व. २०७४७५ अन्त्यसम्ममा ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो ।
सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पद १ मा विजयबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।