सिटिजन्स बैंकको ३.६ प्रतिशत बोनस शेयर र१.६ प्रतिशत नगद लाभांश पारित |

काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले ३.६ प्रतिशत बोनस शेयर र करिब १.६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको १२औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४७५ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
साथै, सभाले आर्थिक वर्ष २०७४७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । सभाले बैंक र सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडसमेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ असार मसान्तसम्मको वासलात, आ.व. २०७४७५ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरूसमेत छलफल गरी पारित गरेको छ ।