चन्द्रागिरी हिल्सको १० प्रतिशत आईपीओ पारित |
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १० प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो सोमवार सम्पन्न नवौं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
कम्पनीले आगामी आर्थिक वर्षभित्रमा १० प्रतिशत शेयर सर्बसाधारणलाई विक्री गर्नेछ । साथै, उक्त सभाले सञ्चालक समितिका सदस्यहरूको पनि सर्वसम्मत चयन गरेको छ ।