४५ वटा नयाँ बस थप्दै बाबा गोकर्णेश्वर यातायात |

काठमाडौं । बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले ४५ वटा थप नयाँ बस ल्याएको छ । तेस्रो साधरणसभाको अवसरमा बोल्दै नयाँ बस थपेर सेवा विस्तार गर्न लागेको कम्पनीका अध्यक्ष भीम बस्नेतले जानकारी दिए ।
नयाँ बस दुई महिनाभित्र संचालनमा ल्याउन लागिएको बताइएको छ । नयाँ ल्याईने सबै बस सुन्दरीजलबाट जोरपाटी˗बौद्ध हुँदै चावहिलसम्म चल्नेछन् ।
चावहिलबाट तीन वटा रुट भएर बस संचालन हुने छ । पहिलो रुट चावहिलबाट गौशला˗कोटेश्वर˗सातदोबाटो˗बल्खुबाट कलङ्की हुँदै थानकोट पुग्नेछ ।
दोस्रो रुट चावहिलबाट चक्रपथ˗बसुन्धरा˗स्वयम्भुबाट कलङ्की हुँदै थानकोट पुग्नेछ । तेस्रो रुट चावहिलबाट गौशला˗रातोपुल˗रत्नपार्क˗कालीमाटीबाट कलङ्की हुँदै थानकोट पुग्ने छ भने बसहरु सोही रुट फिर्ता हुनेछन् ।
अहिले कम्पनीले गोकर्णेश्वरलाई केन्द्र बनाएर विभिन्न रुटमा सेवा दिईरहेको छ । उपत्यका बाहिरसम्म सेवा विस्तार गर्ने योजना बनाएको कम्पनीले जानकारी दिएको छ ।
तेस्रो साधारण सभाले कम्पनीको नयाँ नेतृत्व चयन गरेको छ । भीम बस्नेतको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएको छ ।