वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल केडिया निर्विरोध |
वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका १० वटा पदमध्ये कोषाध्यक्षबाहेक ९ वटा पदमा निर्विरोध चयन भएको अध्यक्ष केडियाले जानकारी दिएका छन् ।
संघको ४३ औं वार्षिक साधारणसभाले उनको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलका अनुसार सङ्घको प्रथम उपाध्यक्षमा एसोसिएट उद्योगतर्फका सुबोधकुमार गुप्ता, द्वितीय उपाध्यक्षमा वाणिज्यतर्फका अनिलकुमार अग्रवाल, महासचिव वाणिज्य तर्फका माधव राजपाल, सचिवद्वयमा वाणिज्यतर्फका अरविन्द अमात्य र उद्योगतर्फका मनोजकुमार दास चयन भएका छन् ।
कोषाध्यक्षमा वाणिज्यतर्फका गोविन्दप्रसाद साह, वाणिज्यकै प्रेमचन्द्र गोयल सहसचिवमा चयन भएका छन् भने अकर्को सहसचिवमा उद्योगतर्फका आशिषकुमार चयन भएका छन् ।
कोषाध्यक्ष पदमा भने दिपककुमार टिवडेवाल र रविन्द्र वर्णवालको उम्मेदवारी परेकोले सो पदमा चुनाव गरिएको थियो । कोषाध्यक्षमा रविन्द्रकुमार वर्णवाल विजयी भएको निर्वाचन अधिकृत अधिवक्ता रामेश्वर सेढाईले जानकारी दिए ।