राष्ट्र बैंक ३ अर्बबराबरको ट्रेजरी बिल विक्री गर्दै | क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ३ अर्बबराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गर्ने भएको छ । विक्री गर्न लागिएको उक्त ट्रेजरी बिल भोलि मंगलवार जारी गर्ने बताइएको छ ।
राष्ट्र बैंकले उक्त ट्रेजरी बिल क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने गरी खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
यसअघि बैंकले पुस २३ गते रू. ३ अर्ब २५ करोडबराबरको २८ दिने र रू. १ अर्बबराबरको ९१ दिने ट्रेजरी बिल विक्री गरिसकेको छ । नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन खर्च जुटाउन ट्रेजरी बिल विक्री गर्ने गर्दछ ।