प्रोग्रेसिभ फाइनान्सको १३ लाख कित्ता हकप्रद दोस्रो पटक लिलाममा |
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले सर्वसाधारणतर्फको हकप्रद शेयर दोहोर्याएर बोलकबोल लिलामका लागि आह्वान गरेको छ । कम्पनीले विक्री हुन बाँकी १३ लाख कित्ता हकप्रद शेयरका लागि दोहोर्याएर बोलकबोल आव्हान गरेको हो ।
संस्थाले गत असोजमा चुक्ता पूँजीको २८१ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा संस्थापकतर्फको ४ लाख ४८ हजार र सर्वसाधारण तर्फको १६ लाख ७१ हजार कित्ता हकप्रद शेयर विक्री भएन । विक्री नभएको उक्त हकप्रदका लागि संस्थाले मंसिर १० गतेदेखि बोलकबोल लिलामका लागि आह्वान गरेको थियो ।
पहिलो पटकको आह्वानमा संस्थापकतर्फको सम्पूर्ण शेयर विक्री भए पनि सर्वसाधारणतर्फ भने अझै १३ लाख ३० हजार २ सय ५५ कित्ता विक्री भएको छैन । सोही हकप्रदका लागि पुनः बोलकबोल आव्हान गरेको हो ।