पाँचथर पावरको आईपीओ आजदेखि खुल्ला |
काठमाडौं । पाँचथर पावर कम्पनीको आईपीओ आयोजना प्रभावित बासिन्दा र स्थानीय जनताका लागि आज सोमवारदेखि निष्कासन शुरू भएको छ । कम्पनीले ९६ करोड २५ लाख रुपैयाँबराबरका ९६ लाख २५ हजार कित्ता शेयर पहिलो चरणमा आयोजना प्रभावित र स्थानीयवासीका लागि खुल्ला गरेको हो ।
उक्त शेयर छिटोमा माघ १४ गते र ढिलोमा माघ २९ गते बन्द हुनेछ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको कम्पनीले बताएको छ ।
पाँचथर हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ८६.६२ छ भने केयर रेटिङको गे्रड ४ रेटिङ प्राप्त गरेको छ । यसको पेब्याक अवधि ८.९४ वर्ष र १० प्रतिशत छुट सहितको पेब्याक अवधि ११.९९ वर्ष प्रक्षेपण गरिएको छ ।