एनएमबी माइक्रो फाइनान्सको १५ प्रतिशत बोनस पारित |
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समितिले घोषणा गरेको १५ प्रतिशत बोनस शेयर पारित भएको छ । संस्थाको आइतवार सम्पन्न छैटौं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई उक्त मात्रामा बोनस शेयर दिने भएको हो । उक्त बोनस शेयरपश्चात् कायम हुने कुल चुक्ता पूँजीको १५० प्रतिशत अर्थात् १ः१.५ दरले हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उत्तम भ्लोनले बताए ।
सभामा सञ्चालक समितिका अध्यक्ष उतम भ्लोनले प्रस्तुत गरेको आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको जनाइएको छ । पोखरा महानगरपालिका– २५, हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लामा १०० वटा शाखा कार्यालयहरू स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ ।
एनएमबी बैंकको सहायक कम्पनीका रूपमा रहेको यस वित्तीय संस्थाको हाल करीब २ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी र निक्षेप करीब ८५ करोड रुपैयाँ रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत रामप्रसाद मिश्रले बताए ।