सोलुखुम्बुको खुम्जुङमा सिद्धार्थ बैंकको एटीएम सञ्चालनमा |
काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटीएम काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त एटीएम सेवा नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटीएम भएको बैंकले दाबी गरेको छ ।
नाम्चेबजारभन्दा माथि पहिलो पटक सिद्धार्थ बैंकको एटीएम मेशिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरूलाई रकम निकाल्न नाम्चेबजारसम्म गइरहनु नपर्ने हुँदा बैंकिङ कारोबार गर्न सहज हुने भएको छ ।
एटीएमको सञ्चालनले सो क्षेत्रलगायत एभरेष्ट बेस क्याम्प भ्रमणमा जाने पर्यटकहरूका लागि समेत थप सुविधा पुग्ने बैंकको विश्वास छ । खुम्जुङमा सञ्चालनमा आएको उक्त एटीएमसँगै बैंकको जम्मा एटीएम संख्या अब १४२ एटीएम पुगेको छ ।