ओम डेभलपमेण्ट बैंकले दिने भो साढे १२ प्रतिशत लाभांश | बोनसपछि चुक्ता पूँजी २ अर्ब ८३ करोड रुपैयाँ नाघ्ने
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १२.७ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस दिन लागेको हो ।
बैंकको हालै सम्पन्न सञ्चालक समितिको १५९औं बैंठकले शेयरधनीलाई सो मात्रा अर्थात् ३१ करोड ९४ लाख रुपैयाँबराबरको बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । उक्त स्वीकृतिको लागि संस्थाले नेपाल राष्ट्र बैंकमा उक्त प्रस्ताव पेश गरिसकेको जानकारी गराएको छ ।
हाल संस्थाको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । उक्त बोनस वितरणपछि संस्थाको चुक्ता पूँजी २ अर्ब ८३ करोड रुपैयाँ नाघ्नेछ ।