जनता बैंकको ८.५० प्रतिशत नगद लाभांश पारित |
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । आईतवार सम्पन्न साधारणसभाले ८.५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४⁄७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड, ६६ हजार आठ सय तीन रुपैयाँ बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जानकारी दिएको छ ।
सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा एसआरआ एसोसिएटसलाई लेखापरिक्षक नियुक्त गरेको गर्ने निर्णय गरेको छ ।
सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
साधारणसभामा बोल्ने अधिकांश शेयरधनीहरुले कम्पनीले सञ्चालक समितिको भत्ता वृद्धिमा विरोध गरेका थिए भने बैंकको आन्तरिक लेखापरिक्षणमा भएका कमि कमजोरी सच्याउन आग्रह गरेका थिए ।
नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन ६८ अर्ब रुपैयाँ र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ । बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ ।