नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभाद्वारा ४० प्रतिशत लाभांश पारित |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३२औं वार्षिक साधारणसभाले ४० प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सभाले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
अब बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषको रकम बढेर ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । शेयरधनी कोष २४ अर्ब ८७ करोडको भएको छ । बैंकले गत वर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको निक्षेप १ खर्ब ४० अर्ब र ऋण १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात भने १.३६ प्रतिशत छ । बैंकका ७८ शाखा र १०९ वटा एटीएम छन् ।
बैंकले मास्टरकार्ड सेवा सञ्चालनमा ल्याइसकेको छ । बैंक अफ दि इयर अवार्ड पाँच पटक प्राप्त गरिसकेको छ ।