ग्लबोल आइएमइ बैंकको १६ प्रतिशत लाभांस पारित |
काठमाडौं । ग्लोबल आइएमई बैंकको १२औँ वार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७४⁄०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब पारित गरेको छ । बैंकले लाभांस पारित गरेसँगै चुक्ता पूँजी बृद्धि भएको छ । यो सँगै बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
बैंकका १३३ शाखा, १४२ एटीएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि कार्यालय छन् । बैंकका साढे नौं लाख ग्राहक छन् ।