लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न | २५ मेगावाटको माथिल्लो दोर्दीको ८५ प्रतिशत काम सकियो
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा भएको सभामा प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्तीको उपस्थिति थियो ।
कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु अघि बढाएको छ । यी आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ ।
आयोजना प्रभावित स्थानीय तथा सर्व–साधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईवीएल एस क्यापिटलसँग सम्झौता भइसकेको छ ।
आयोजनाको हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी २०७६ भदौ महिनामा रहेता पनि त्यसअघि नै विद्युत उत्पादन गरिने जानकारी साधारण सभामा गराइएको थियो ।
कम्पनीद्वारा सर्भेक्षण अनुमति पत्र प्राप्त बागलुङ जिल्ला स्थित बडीगाड खोलामा २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ जिल्ला स्थित लोदोखोलाबाट १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईई रिपोर्ट बनाउने र पीपीए गर्ने चरणमा रहेका छन्।् ।