एनएमबी बैंकको ३० प्रतिशत लाभांश पारित |
काठमाडौं । एनएमबी बैंक लिमिटेडको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । बैंकको आज बिहीवार सम्पन्न २३औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाई पारित गरेको हो ।
उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउण्टर तथा ९७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।