माछापुच्छ्रे बैंकको २० औं साधारणासभा सम्पन्न | नवनिर्वाचित अध्यक्षले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा डा. विरेन्द्रप्रसाद महतो निर्विरोध निर्वाचित भएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
बैंकको उक्त साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए । बैंकको देशभरि ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा छन् ।