कतार एयरवेजद्वारा २०१९ का लागि रोमाञ्चक योजना सार्वजनिक |

दोहा, कतार । कतार एयरवेजले यात्रुहरुलाई २०१९ मा नयाँ तथा रोमाञ्चक गन्तव्यहरु भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले तयार पारेको आफ्नो नयाँ विश्वव्यापी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कतार एयरवेजका यात्रुहरुले यस अवधिमा विशेष छूट प्राप्त गर्न सक्नेछन्, जहाँ कुनै पनि गन्तव्यसम्मको प्रत्येक यात्रा अविस्मरणीय बन्नेछ ।
यस योजना जनवरी ७ देखि डिसेम्बर ३१, २०१९ अवधिको उडानका लागि जनवरी ७ देखि १६ सम्मको अवधिमा बुकिङ गरिएका कतार एयरवेजका उडानहरुमा लागू हुनेछ । यस योजनाको अवधिमा बुकिङ गरेका यात्रुहरुले टिकटमा ५० प्रतिशतसम्म छूट तथा इकनमी क्लासमा ५० प्रतिशत क्युमाइल्स र क्युप्वाइन्ट्स तथा बिजनेस एवं फस्र्ट क्लासमा डबल क्युमाइल्स र क्युप्वाइन्ट्स प्राप्त गर्न सक्नेछन् ।
कतार एयरवेजका प्रमुख वाणिज्य अधिकृत इहाब अमिनले भने, ʽहामी हाम्रा यात्रुहरुलाई आफ्नो आगामी भ्रमणको योजना यस रोमाञ्चक व्यापक प्रवद्र्धन योजना मार्फत गर्न आमन्त्रित गर्न चाहन्छौ, जसअन्तर्गत उहाँहरुले विभिन्न छूट प्राप्त गर्न सक्नु हुनेछ । कतार एयरवेजको व्यापक रुपमा विस्तार भइरहेको १६० भन्दा अधिक गन्तव्यहरु सहितको नेटवर्कले यात्रुहरुलाई आगामी गन्तव्यको लागि सहजै धेरै विकल्प प्रदान गर्ने छ ।ʼ