मलेसियाले कामदार आपूर्तिको समस्या दुई महिना भित्र समाधान गर्ने |

काठमाडौं । विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति शुरु हुने मानव संशाधन राज्यमन्त्री महफुज ओमारले बताएको द सन डेलीले लेखेको छ ।
विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने मलेसियाले बताएको छ । सो प्रतिवेदन छलफलकै चरणमा रहेकाले वैदेशिक कामदार र त्यस सम्बन्धी नीति सोही कार्यदलको सुझाव अनुसार तय हुने ओमारले बताए । उनले कामदार अभावको समस्या सुल्झिनेमा आफुहरु विश्वस्त रहेको बताए ।
हाल श्रममन्त्री गोकर्ण बिष्टले भिसा प्रक्रियामा आवद्ध पुराना भेण्डर परिवर्तन गर्न र आफू निकटलाई दिलाउन कामदारलाई मलेसिया जान नदिएको आरोप राजनीतिक तवरबाटै लाग्ने गरेको छ । तर, मलेसियाले नयाँ कामदार नीति नबनी नेपालबाट कामदार नलैजाने प्रष्ट पारेको छ ।
गत जेठदेखि नेपालबाट मलेसियमा कामदार आपूर्ति बन्द छ । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति जुटेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो ।
कामदारमाथि बिचौलिया संयनन्त्र खडा गरेरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही भण्डारमार्फत कामदारमा मलेसिया पठाउन नसकिने जवाफ श्रम मन्त्रालयले दिएको थियो ।
नेपालको अडान र अन्य श्रमिक पठाउने देशको चासोपछि मलेसियाले कामदार आपूर्ति नीति परिमार्जन गर्ने गरी कार्यदल बनाएर काम गरिरहेको छ । अब यो कार्यदलले प्रतिवेदन दिएपछि मात्रै नेपाली कामदार लैजाने तयारीमा मलेसिया छ ।