पायोनियर मोटो कर्पले डाट्सन तथा निशान गाडीको देशव्यापी सर्भिस क्याम्प सञ्चालन गर्दै |

काठमाडौं । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले देशव्यापी रुपमा ʽविन्टर सर्भिस क्याम्पʼ सञ्चालन गर्दैछ । यस क्यामको सुरुवात आज पौष २४ गतेदेखि माघ १२ गतेसम्म देशव्यापी रुपमा हुँदैछ ।
यो सर्भिस क्याम्प नेपालभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरु मार्फत् सहजै उपब्ध हुनेछ । यो निːशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु जस्तै निːशुल्क गाडी चेक अप, निːशुल्क टप वास, स्पेयर पार्टसको खरिदमा २० प्रतिशत सम्म छुट तथा अन्य एक्सेसरिजहरुको खरिदमा २० प्रतिशतसम्म छुटलगायत थुप्रै सुविधा पनि प्राप्त गर्न सकिने छ ।
यो सर्भिस क्याम्प पायोनियर मोटो कर्पले आफ्ना ग्राहकहरु समक्ष उत्कृष्ट एवं ग्राहकमुखी उच्चतम् अनुभव प्रदानगर्न गरिएका एक पहल हो । यस विन्टर क्याम्प अवधिभर ग्राहकहरुले आफ्नो गाडीको अवस्था एवं कार्यक्षमताको प्राविधिक जाँच गर्न सक्नेछन् ।