चन्द्रागिरी डाँडामा हिमपात, चन्द्रागिरी हिल्सका अध्यक्ष पुगे डाँडामा |

काठमाडौं । काठमाडौंको चन्द्रागिरी डाँडामा हिउँ परेको छ । हिउँ परेपछि त्यहाँ हिउँ खेल्न जानेहरुको संख्या बढेको छ । बाक्लो हिउँ जमेपछि चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष सहकर्मीहरु सँग चुचुरोमा हिउँमा खेल्न पुगेका छन् ।
फागु पुर्णिमाका दिन चन्द्रागिरीमा विशेष मेला लाग्छ ।
चन्द्रागिरीको टप स्टेशन वरिपरि हिँउ परेपछि त्यहाँ पुगेका मानिसहरु खुसी भएका छन् । चन्द्रागिरीको उचाइ २५ सय ५२ मिटर छ ।