रेशम चौधरीलाई रिहा नगरिने, तल्लो अदालतको आदेश सर्वोच्चद्वारा सदर |
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई रिहा नर्गन आदेश दिएको छ । आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।
तर, सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको छ ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको घटनाका अभियुक्त चौधरी जिल्ला अदालतको आदेशले थुनामा छन् ।
उनले आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश कानुनसम्मत नभएको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि चौधरी सर्वाेच्च आएका हुन् ।