देशभर हिउँदे वर्षा शुरु, चन्द्रागिरीमा पर्यो हिउँ |
काठमाडौं । सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएसँगै काठमाडौं वरपरका केहि अग्ला स्थानमा हिँउ पर्न शुरु गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावले देशभर बर्षा भएको हो । देशभर पानी परेसँगै राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फू्ल्चोकी डाँडा र दामनमा हिउँ पर्न शुरू गरेको छ । महाशाखाका अनुसार भारी बर्षा नभएपनि आजै बेलुका देखि मौसममा बदली आउनेछ ।