नेपाल कुरियर सेवा संघको अध्यक्षमा ढुंगेल |
काठमाडौ । नेपाल कुरियर सेवा संघले गोविन्द ढुंगेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको २४ औ साधारणसभाले गोविन्द ढुंगेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा देवेन्द्र खड्का,उपाध्यक्षमा दुर्गा प्रसाद सुवेदी, महासचिवमा संजय मण्डल, कोषाध्यक्षमा राजकुमार सामरी, सचिवमा तिलराज खतिवडा रहेका छन् । संघमा कृष्ण प्रसाद नेपाल, इश्वरी प्रसाद मरहठ्ठा, कुमार प्रसाद उप्रेती, निरञ्जन थापा, टंकमणी खरेल, निर्मल राठी र किरण थापा सदस्य रहेका छन् ।
नवनिर्वाचित कार्यसमितीलाई सञ्चार तथा सूचना प्रविधमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बँस्कोटाले कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले हुलाक तथा कुरियर सँग सम्बन्धि कानून निर्माणको क्रममा रहेकाले सहकार्य गर्न कुरियर सँग सम्बन्धित व्यावसयीलाई आग्रह गरे ।
उनले हुलाक सेवालाई निजी क्षेत्रसँगको सहकार्यमा प्राधिकरणको मोडलमा लैजाने योजनामा सरकार रहेको बताए । नेपाल कुरियर सेवा संघका नवनिर्वाचित अध्यक्ष गोविन्द ढुंगानाले संघले आफुलाई दिएको जिम्मेवारी पूरा गर्न आफ्नो नेतृत्वको कार्यसमिती सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको प्रादेशीक संरचना अनुसार कुरियर सेवा संघलाई पनि संघीय ढाँचामा लैजाने ढुंगानाको भनाई थियो ।