बैंक अफ काठमाण्डुका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने | माघ १७ गते साधारणसभा
काठमाडौं । बैंक अफ काठमाण्डुले माघ १७ गते साधारणसभा डाकेको छ । बैंकले उक्त साधारणसभाका लागि पुस ३० गतेदेखि माघ १७ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।
बुक क्लोजको अघिल्लो कारोबारदिनसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले उक्त साधारणसभामा भाग लिन पाउँछन् । बैंकले साधारणसभामा लाभांश लगायतका प्रस्ताव पारित गर्ने छ । उक्त साधारणसभाले शेयरधनीको लागि प्रस्तावित २५ प्रतिशत लाभांश पारित गर्ने छ । जसमा शेयरधनीले १४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश पाउने छन् ।
लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी आठ अर्ब पाँच करोड रुपैयाँ पुग्ने छ । गत वर्ष बैंकले एक अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३८ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ ।