प्रभु बैंकले १०.२६५ प्रतिशत लाभांश दिने |
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको सञ्चालक समितको १३५ औं बैठकले बोनस र नगद गरि सो परिमाणको लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७४⁄७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र नगद लाभांमा लाग्ने कर सहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यससँगै बैंकको शेयरधनीले सात आर्थिक वर्षपछि लाभांश खान पाएका छन् । बैंकले यसअघि आर्थिक वर्ष ०६६⁄६७ मा ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।