१२ दिन बिदा थप्ने तयारीमा सरकार |
काठमाडौं । सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने भएको छ । २०७४ सालमा धेरै बिदा दिएको भन्दै ब्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत काटेको थियो ।
विना कुनै आधार विदा कटौती गरेको भन्दै फेरि आलोचना भएको थियो । त्यही कारण सरकारले २०७६ सालका लागि केही बिदाहरु थप गर्न लागेको हो ।
सरकारले विभिन्न जातजातिका लागि सार्बजनिक बिदा थप गर्नेछ । करिब एक दर्जन बिदा थपिने छन्।् । अब जनैपूर्णिमा, छठ, क्रिसमस, ल्होसार, इदलगायत करिव एक दर्जन बिदा थपिने छन्।् । १९ वटा विदाको प्रस्ताव भएकोमा मन्त्रिपरिषद् बैठकमा भने १२ दिन बिदा थपको लागि लगिएको हो ।
२०७५ सालमा सरकारले नियमित दिएकोभन्दा १२ दिन बिदा कटौती गरेको थियो । अब भने केही महत्वपूर्ण चाडपर्बको बिदा थप हुने छ । यसपाली जनै पूर्णिमा, घटस्थापना, कोजाग्रत पूर्णिमाजस्ता महत्वपूर्ण विदाहरु कटौती गरिएका थिए ।