आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै, सरकारबारेमा उठाइएका प्रश्नको जवाफ दिने |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसअघि गत बिहीबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका थिए । तर, अन्तिममा त्यो स्थगित हुन पुगको थियो ।
सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले यही पुस ११ बाट शुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने तय भएको जानकारी दिएको छ ।
सरकारका काम–कारबाहीलाई लिएर विभिन्न प्रश्नहरु उठिरहेकाले ओलीले आज तिनै विषयमा आफ्नो धारणा राख्ने अनुमान गरिएको छ ।