जनता बैंकद्धारा मोरङको मुसहर बस्तीका १५० परिवारलाई कम्बल वितरण |

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले बिराटनगर महानगरपालिकावडा नं. १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरेको छ । बैंकले निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।
बैंकको प्रतिनिधि, निजामती कर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण गरिएको थियो ।
विपन्न वर्गका मुसहर समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रका बस्तीको १५० परिवारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्बल उपलब्ध गराएको थियो । निजामती कर्मचारी श्रीमती संघलाई उक्त बस्तीका परिवारको विवरण मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको संघले जनाएको छ ।