माछापुच्छ्रे बैंकको अध्यक्षमा फेरि विरेन्द्र महतो चयन | बैंकको साधारणसभाले १० प्रतिशत लाभांस पारित
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. विरेन्द्र महतो चयन भएका छन्।् । पोखरामा भएको बार्षिक साधारणसभाले उनलाई सञ्चालक समितिमा चयन गर्दै अध्यक्ष बनाएको हो ।
यसअघि रोशन केसी अध्यक्ष थिए । सांसद भएपछि विरेन्द्र महतोले बैंक छाडेका थिए । त्यसअघि उनी अध्यक्ष नै थिए । संसदले बैंक तथा वित्तीय संस्था ऐनमा संशोधन गर्दै सांसदहरु बैंक सञ्चालक समितिमा बस्न नपाउने ब्यवस्था गरेपछि उनले छाडेका थिए ।
बैंकले प्रस्ताब गरको १० प्रतिशत नगद लाभांससमेत पारित भएको छ । बैंकले गत बर्ष सवा अर्ब रुपैयाँ नाफा कमाएको थियो । बैंकको प्रति शेयर आम्दानी करिव १६ रुपैयाँ छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ ।