वाइड बडी प्रकरण : फेरि अर्को छानबिन समिति गठन |
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउण्टेट मदन शर्मा सदस्य रहने गरी तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिएको हो ।
संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले उक्त समिति गठन गरेको छ । उक्त प्रकरणमा खरीद गरिएका दुईवटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बताइएको छ ।
संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो ।
उक्त समितिले ठहर गरेका दोषीहरूलाई कारबाहीको सिफारिश गरेपछि सरकारले न्यायिक छानबिन समिति गठन गरेको छ । निगमले वाइड बडी जहाज खरीद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको सो उपसमितिले बताएको थियो ।