नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ घटायो |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो ।
अब उपभोक्ताले पेट्रोल लिटरको १ सय ८ रुपैयाँ र डिजल र मट्टितेल ९५ रुपैयाँमा पाउनेछन् । निगमका प्रवक्ता वीरेन्द्र गोईतले अन्तरराष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरिएको बताए ।
मूल्य समायोजनपछि निगमलाई खाना पकाउने एलपी ग्यास वाहेक अरु पेट्रोलियम पदार्थमा नाफा छ । निगमलाई खाना पकाउने ग्यासमा भने सिलिण्डरमा ८० रुपैयाँ घाटा छ ।