अपिले २ सय प्रतिशत हकप्रद जारी गर्ने पक्रिया अगाडि बढायो |
काठमाडौं । अपी पावर कम्पनीले १ बराबर २ को अनुपातमा अर्थात २ सय प्रतिशत हकपद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमाति माग्न पुगेको छ । कम्पनीले २ करोड २६ लाख ८० हजार कित्ता बराबर २ अर्ब २६ करोड ८० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने भएको छ । जसको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
गत वर्षपनि कम्पनीले २ सय प्रतिशत हकप्रद ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर बोर्डले अनुमति नदिएपछि पाइपलाइनबाट अपिलाई हटाएको थियो ।
अहिले अपीको २०० प्रतिशत हकप्रद शेयर धितोपत्रको पाइपलाइनमा राखेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद शेयरपश्चात कम्पानीको चुक्ता पुँजी ३ अर्ब ४० करोड २० लाख रुपैयाँ पुग्नेछ ।