महालक्ष्मी इन्स्योरेन्सको सीईओमा रमेश कुमार भट्टराई नियुक्त |
काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको सीईओमा मंगलबारदेखि कार्यभार सम्हाल्ने गरी कम्पनीको संचालक समितिले ४ वर्षको लागि नियुक्त गरेको हो ।
भट्टराईले वाणिज्य विषयमा स्नातकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । उनीसँग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ । उनी बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी अवधि कार्य गरेका छन् ।
लाईसेन्स नदिएर संचालनमा आउन नसकेको उक्त बीमा कम्पनीलाई बीमा समितिले संचालन लाईसेन्स दिएपछि तत्कालै भट्टराई सीईओमा नियुक्त भएका हुन । उनले अब छिट्टै कम्पनीको मुख्य कार्यालय स्थापनासँगै जीवन बीमा सेवा संचालन ल्याउने जानकारी दिएका छन ।