मिथिला लघुवित्तको ५० प्रतिशत हकप्रद स्वीकृत |
काठमाडौं । मिथिला लघुवित्तको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । लघुवित्त कम्पनीलाई बोर्डले पुस १३ गते चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर एक अनुपातमा हकप्रद विक्री गर्न अनुमति दिएको हो । यस्तै अपि पावर कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएको छ ।
अब लघुवित्तले काठमाडौं क्यापिटललाई विक्री प्रबन्धकत्वमा २ः१ अनुपातमा चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
लघुवित्त कम्पनीले सो हकप्रद निष्काशनका लागि असोज २३ गते बोर्डसँग अनुमति मागेको थियो ।
हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत ९६८ लाख ९४ हजार ६९५ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।
हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।