हिमताल हाइड्रोपावरको शेयर बुटवल पावरको स्वामित्वमा |
काठमाडौं । बुटवल पावर कम्पनीले हिमाताल हाइड्रोपावरको शेयर खरीद गरेको छ । कम्पनीले १९.४ प्रतिशत शेयर अर्थात् हिमतालको नाममा भएको ६ लाख एक हजार कित्ता शेयर खरिद गरेको छ । हिमताल हाइड्रोपावर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनी हो ।
बुटवल पावर कम्पनीले गत वैशाख २३ गते मस्र्याङ्दी– २ हाइड्रोपावर निर्माणका लागि हिमताल हाइड्रोपावरको शेयर खरिद गर्ने सम्झौता गरेको थियो । सोमवारबाटै कम्पनीले उक्त शेयर आफ्नो स्वामित्वमा ल्याएको जानकारी दिएको छ ।