साढे ५ लाख नगदसहित जुवातास खेल्ने आठ जना प्रहरीको फन्दामा |
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई साढे ५ लाखभन्दा बढी नगदसहित पक्राउ गरेको छ । उनीहरूलाई नेपाली रुपैयाँ ४ लाख ५९ हजार, अमेरिकन डलर ९ सय, भारती रुपया ४ सय र २ बुक ताससहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिएकी हुन् ।
उनका अनुसार महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमवार साढे ६ बजे बेलुकी काठमाडौं महानगरपालिका–१५, विजेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ घर भई नागार्जुन नगरपालिका– २ बस्ने २६ वर्षीय पासाङ लामासहित ८ जनालाई पक्राउ गरेको हो ।