प्रभु बैंकमा खाता खोल्नुस्, घरमै बसेर शेयर खरिदविक्री गर्नुस् |

काठमाडौं । प्रभु बैंक लिमिटेडले हिजो मंगलवारदेखि ‘प्रभु अनलाइन ट्रेडिङ बचत खाता’ सञ्चालनमा ल्याएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाइन कारोबारको राफसाफका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो ।
यससँगै अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरूले स्वचालित प्रणालीबाट अनलाइन शेयर कारोबार गरी शेयर खरिद विक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल (ब्रोकर) तथा बैंकसम्म पुग्नु नपर्ने बैंकले जानकारी गराएको छ ।
उक्त कारोबारका लागि नेप्सेले प्रभु बैंकलाई नयाँ अनलाइन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाइन कारोबारको राफसाफ बैंकको रूपमा तोकेको छ । बैंकले संचालनमा ल्याएको प्रभु अनलाइन ट्रेडिङ बचत खाताबाट लगानीकर्ताहरूले घरमै बसेर सजिलै स्वचालित अनलाइन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्रीबापतको रकम राफसाफ गर्न सक्नेछन् ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई–बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ । यस खाताबाट स्वचालित प्रणालीअन्तर्गत अनलाइन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरूलाई शेयर कारोबार गर्न सजिलो हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।