दीपिकालाई ‘विग वोस १२’ को उपाधि |

‘बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गर्दै गर्दा फ्यानले खुशी जनाएका छन् । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।
सलमानले दीपिकाको नाम घोषणा गर्नसाथ उनका लाखौ फ्यानले ट्विटरमा वधाई दिएका थिए । दीपिका ‘ससुराल सिमरका’ नामक सिरियलमा काम गरेपछि चर्चित बनेकी थिइन् । दीपिकाको ३ महिनाको यो शोको यात्रा विशेष र कठोर रहेको छ । उनलाई अन्य प्रतिस्पर्धीले फेक, असल व्यक्तित्व देखाउन नसकेको र किचनमा कब्जा गरेको आरोप लगाउँदै आएका थिए ।
दीपिकालाई घर भित्र खासै नरुचाइएतापनि घर बाहिर दर्शकले निरन्तर भोट गरिरहेका थिए ।