यातायात प्राधिकरणले बैशाखबाट ३ सय विद्युतीय बस संचालन गर्ने |

काठमाडौं । सरकारले अधिकार सम्पन्न यातायात प्राधिकरण बनाएर ३ सय विद्युतीय बस संचालन गर्न लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात प्राधिकरण गठन गरेर ३ सय विद्युतीय बस बैशाखबाट संचालन गर्न लागिएको जानकारी दिए ।
सिन्डिकेट खारेजीलाई संस्थागत गर्न अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न लागिएको हो । सरकारले ३ सय विद्युतीय बस किनेर संचालन गर्ने प्रस्तावलाई स्वीकृत गरेसँगै प्रक्रिया अघि बढाएको महासेठले जानकारी दिए ।
एउटा विद्युतीय बसको मूल्य करिव २ करोड रुपैयाँ पर्छ । ३०० वटा बस किन्दा ६ अर्ब रुपैयाँ खर्च पर्न जान्छ ।